असोज ०५, २०८१, शनिबार
               

पछिल्लो २४ घण्टामा थप एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार नौ सय २५ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार आठ सय १५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा दुई हजार दुई सय ५१ जनामा पिसिआर परीक्षण गरिएको थियो । जसमध्ये १ सय १९ जनामा कोरोना पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा दुई सय ६० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या दुई लाख ६८ हजार ७२ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि