बैशाख १८, २०८१, मंगलबार
               

थप १४२ जनामा कोरोना संक्रमण, एकको मृत्यु

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा (नेपालमा) थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७१४३१ पुगेको छ।

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०३१ पुगेको छ ।

नेपालमा थप २०६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६७०६५ पुगेको छ।

हाल २३३५ जना आइसोलेसनमा रहेका छन् भने ९५ जना क्वारेन्टइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि