बैशाख १८, २०८१, मंगलबार
               

नक्कली कोरोना खोप बनाउने ८० जना पक्राउ

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

कोरोनाविरुद्धकाे नक्कली खोप बनाएकाे अभियोमा चिनमा ८० जना पक्राउ परेका छन् । चिनियाँ समाचार एजेन्सी सिह्वाका अनुसार उनीहरूले तीन हजार डोज कोरोना खोप उत्पादन गरेका थिए । 

समाचारमा उल्लेख गरिएअनुसार गत सेप्टेम्बरदेखि नै उनीहरूले खोप निर्माणको काम गर्दै आएका थिए । चिनियाँ प्रहरीले अहिले सबै नक्कली खोपहरु नष्ट गरिएको बताएको छ ।

चिनियाँ प्रहरीले बेइजिङ, सांघाई र शाङडोङ प्रान्तमा चालेको अपरेसनको क्रममा नक्कली खोप बनाउनेहरू पक्राउ परेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि