बैशाख १८, २०८१, मंगलबार
               

थप एक सय ७१ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, पछिल्लो २४ घन्टामा कोरोनामुक्त हुनेको संख्या ५९ जना छन् योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६६ हजार आठ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा दुई हजार चार सय जना सक्रिय सङ्क्रमित छन् । 

पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३० पुगेको छ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार दुई सय ८९ पुगेको छ । 

नेपालमा अहिलेसम्म २० लाख ७८ हजार ९८ जनाको पीसीआर परीक्षण भएको छ । 


कस्तो लाग्यो ?

यो पनि