बैशाख १८, २०८१, मंगलबार
               

हालसम्म १ लाख १३ हजारभन्दा बढीले लगाए कोरोना खोप

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत आजसम्म देशभर १ लाख १३ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १९१ खोप केन्द्रबाट कुल १ लाख १३ हजार १७५ जनाले खोप लगाएको जानकारी दिएका हुन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै बागमतीमा लगाएका छन् । 

मन्त्रालयका अनुसार प्रदेश १ मा १५ हजार ३२९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा ६ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८५७ जनाले खोप लगाएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि