बैशाख १९, २०८१, बुधबार
               

नेपालमा कोरोनाविरुद्ध खोप लगाउनेकाे संख्या ८८ हजार ७०० जना

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

कोभिडविरुद्धको खोप अभियानअन्तगर्गत आज देशभर २३ हजार ५ सय ८५ जनाले खोप लगाएका छन्। 

पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६४८, तेस्रो दिन १७ हजार ४६५ र चौथो दिन १४ हजार ८९४ जना गरी हालसम्म आजसम्म कुल ८८ हजार ७ जनाले खोप लगाइसकेका छन् ।

भारतको सिरम इन्स्टिच्युटबाट निर्मित 'कोभिसिल्ड' खोप गत १४ गतेदेखि नेपालमा लगाउन सुरु गरिएकाे हाे । हालसम्म प्रदेशगत तथ्यांकअनुसार प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७,  बागमती प्रदेशमा  २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णालीमा ५ हजार ५५६ र सुदूरपश्चिममा ६ हजार ८७७ ले खोप लगाइसकेका छन् 


कस्तो लाग्यो ?

यो पनि