बैशाख १८, २०८१, मंगलबार
               

फ्रन्टलाइनमा काम गर्ने ६४ हजारभन्दा बढीले लगाए कोरोना खोप

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप अभियानमा ६४ हजारभन्दा बढीले खोप लगाएका छन् ।  ७७ वटै जिल्लामा सुरु गरिएको अभियानअन्तर्गत चौथो दिनसम्ममा ६४ हजार ४२२ जनाले खोप लगाएका हुन् ।

शनिबार मात्रै ७७ जिल्लाका १ सय ४३ खोप केन्द्रहरुबाट १४ हजार ८ सय ९४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये प्रदेश १ मा १ हजार ५ सय ४७, प्रदेश २ मा २ हजार १ सय १०, बागमतीमा ५ हजार ४ सय २, गण्डकीमा १ हजार ८ सय ८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनाले खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार खोप लगाएका केही व्यक्तिहरुमा सामान्य असरहरु देखिए पनि ती असरहरु केही समयपछि आफै निको भएको छ । यद्यपि हालसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या नदेखिएको छैन । ढुक्क भएर खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि