जेठ ०४, २०८१, शुक्रबार
               

दोस्रो दिन साढे २८ हजारभन्दा बढीले लगाए कोरोना खोप

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको दोस्रो दिन आज २८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । बिहीवार ७७ जिल्लाका खोप केन्द्रबाट २८ हजार ७३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोभिड-१९ खोप अभियान अन्तर्गत बेलुका ५ वजे सम्मकाे अपडेट अनुसार जसमध्ये प्रदेश नं. १ मा ३ हजार८४७, प्रदेश नं. २ मा २ हजार १७४ जना र बागमतीमा ११ हजार ४६१ गण्डकीमा ४ हजार ८५३जनाले खोल लगाएका हुन् ।

यस्तै लुम्बिनीमा २ हजार ३०३, कर्णालीमा १ हजार ६७७ र सुदूरपश्चिममा २ हजार ४१७ ले खोप प्राप्त गरेका मन्त्रालयले जनाएकाे छ । साथै  आजसम्म खोप पाएका व्यक्तिहरू मध्ये कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या देखिएको छैन्‌।

पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने कार्यसूची अनुसार खोप कार्यक्रम जारी रहेकाे मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि