जेठ ०४, २०८१, शुक्रबार
               

देशभर नौ हजार ८४ जनालाई लगाइयो कोरोनाविरुद्ध खोप

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार देशभर नौ हजार ८४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रबाट उल्लेखित संख्यालाई कोरोनाविरुद्धको खोप लगाइएको हो । 

खोप अभियानअनुसार प्रदेश १ मा एक हजार २५५, प्रदेश २ मा ७२६, बागमतीमा दुई हजार ६९४, गण्डकीमा एक हजार ८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा एक हजार ८२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म कुनै पनि समस्या देखा नपरेको बताइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेका थिए । मन्त्रालयले स्वतस्फूर्त सहभागिताका लागि धन्यवाद समेत दिएको छ । छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण, सञ्चार र खोप केन्द्रहरुको व्यवस्थापन गरी यस अभियानलाई सफल पार्न नेतृत्वदायी भूमिका खेलेकोमा सबैप्रति मन्त्रालयले धन्यवाद समेत दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि