जेठ ०८, २०८१, मंगलबार
               

भक्तपुरमा भोलिदेखि कोरोना विरुद्धको खोप लगाइने

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

भक्तपुर । भक्तपुरमा बुधबार (भोलि) देखि कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य सुरु हुने भएको छ । 

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जिल्लामा पहिलो चरणमा ४ हजार जनालाई खोप लगाइने जानकारी दिए । 

भक्तपुर जिल्लामा पहिलो चरणमा करिब ४ हजार जना मानिसलाई यो खोप लगाइने मिजारले बताए ।

सरकारको निर्णयनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाई मजदुर र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप दिइने छ । 

भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगर अस्पताल थिमिबाट भोलि बिहान १० बजेदेखि कोरोना विरुद्धको खोप लगाउने कार्य सुरु हुने मिजारले बताए । 

भक्तपुर अस्पतालबाट चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका फ्रन्टलाइन (अग्रभाग)मा बसेर काम गर्नेहरुले यो खोप लिनेछन् । 

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारका अनुसार नेपाल कोरिया मैत्री नगर अस्पतालबाट मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका सम्बन्धित व्यक्तिहरुले कोरोनाविरुद्धको खोज लगाउने तयारी गरिएको छ । 

स्वास्थ्य मन्त्रालयले भक्तपुरमा ४ सय भाइल (मात्रा) खोप पठाएको छ । जसमा १ भाइल बराबर कम्तीमा १० जनालाई लगाउन पुग्छ ।

शुन्य दशमलव ५ (०.५ एमएल) मिलिलिटर खोपको मात्र एक जनालाई दिइने समेत कार्यालयले जानकारी दिएको छ ।

खोपको भ्याक्सिन स्वास्थ्य कार्यालयमा नै भण्डार गरेर राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि