जेठ ०९, २०८१, बुधबार
               

२४ घण्टामा थपिए २३२ जना संक्रमित

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३२ जना कोरोना (कोभिड-१९) भाइरस संक्रमित थपिएका छन् ।

३ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा यतिका संक्रमित देखिएकाे हाे । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।

यही अवधिमा थप ३८६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ६३ हजार ७३४ रहेको छ । 

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९९४ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि