जेठ ०८, २०८१, मंगलबार
               

२४ घण्टामा थपिए ३०२ जना संक्रमित, ७ जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०२ जना कोरोना (कोभिड-१९) भाइरस संक्रमित थपिएका छन् ।

३ हजार ५४५ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।

यसमध्ये २४ घण्टामा काठमाडौँ उपत्यकामा ११२ जना संक्रमित थपिएका छन् जसमा ५३ जना महिला र ५९ जना पुरुष रहेका छन् ।

नेपालभर काठमाडौँ जिल्लामा मात्र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । काठमाडौँमा २ हजार ६१, भक्तपुरमा ३७ र ललितपुरमा १७५ जना सक्रिय संक्रमित रहेका छन् ।

यही अवधिमा थप ४८० जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ६३ हजार ३४८ रहेको छ । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

नेपालमा भोजपुर, कालिकोट, रुकुम पश्चिम र मुगु संक्रमणमुक्त बनेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९८६ रहेको छ ।

हाल संस्थागत आइसोलेनमा ८७९ जना रहेका छन् भने १५४ जना आईसीयू र ३१ जना भेन्टिलेटरमा रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि