जेठ ०९, २०८१, बुधबार
               

पछिल्लो २४ घन्टामा थप तीन सय ६२ कोरोना संक्रमित पहिचान

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा  नेपालमा ३६२ जनामा कोरोना संक्रमित पहिचान भएको जनाएको छ । सोही अविधमा ६ सय ९९ जना कोरोना पराजित गरी घर फर्किएका छन् भने तीन जनाले ज्यान गुमाएका छन् । 

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ६४ हजार पाँच सय २१ पुगको छ । जसमध्ये दुई लाख ५७ हजार ९२८ जनाले कोरोना जितेका छन् । शनिबार थप तीनजनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्युवरण गर्नेको संख्या १९ सय १२ पुगेको छ । 

अहिले सक्रिय संक्रमितको संख्या चार हजार ६ सय ८१  छ । नेपालमा दुई सय ६२ जना क्वारेन्टिनमा छन् । नेपालमा अहिलेसम्म १९ लाख ७४ हजार ५६१ जनाको पीसीआर परीक्षण भएको छ ।


कस्तो लाग्यो ?

यो पनि