जेठ ०८, २०८१, मंगलबार
               

पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ६३ हजार ६०५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४८३ रहेको छ । त्यसैगरी, सक्रिय संक्रमितको संख्या ५०५८ छ ।

यस्तै, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण हालसम्म कुल १९०३ ले ज्यान गुमाएका छन् । 

 


कस्तो लाग्यो ?

यो पनि