काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ६२ हजार २६२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५९४ रहेको छ । त्यसैगरी, सक्रिय संक्रमितको संख्या ५२८९ छ ।
यस्तै, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण हालसम्म कुल १८८५ ले ज्यान गुमाएका छन् ।