जेठ ०८, २०८१, मंगलबार
               

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै  प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ६३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेमा कास्कीका २७, बाग्लुङका छ, म्याग्दीका पाँच, स्याङ्जाका तीन, पर्वत र तनहुँका एक/एक जना रहेको निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा यो प्रदेशमा १०४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १३ हजार ४८७ जना छन् ।

कोरोना सङ्क्रमणका कारण हालसम्म यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १९२ पुगेको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या ९५२ रहेको निर्देशनालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि