जेठ ०८, २०८१, मंगलबार
               

राष्ट्रियसभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हिजो (बिहीबार) सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

स्वाब परीक्षणका क्रममा एक जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

हिजो ४४ जना सांसदको स्वाब परीक्षण गरिएको थियो ।

त्यस्तै हिजो नै स्वाब परीक्षण गराएका ५६ कर्मचारीमध्ये पाँच जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको सचिवालय स्रोतले जनाएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन आज (शुक्रबार) सुरु हुँदैछ । कोरोना संक्रमित सांसद अधिवेशनमा सहभागी हुन पाउने छैनन् ।


कस्तो लाग्यो ?

यो पनि