जेठ ०८, २०८१, मंगलबार
               

थप ५३४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार जनाको पिसिआर परीक्षण गर्दा ५३४ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १९६ महिला र २३८ जना पुरुष छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जनाएको छ । योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ सय ५६ पुगेको छ ।

यस्तै, आज ४४७ जना निको (डिस्चार्ज) भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या दुई लाख ५२ हजार ३५९ पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ६० हजार ५९३ जना संक्रमित भइसकेका छन् ।

मन्त्रालयका अनुसर, देशभर ६ हजार ३७८ सक्रिय संक्रमित छन् ।


कस्तो लाग्यो ?

यो पनि