जेठ ०६, २०८१, आइतबार
               

थप ७८२ जनामा कोरोना संक्रमण, १६ संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७८२ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमामा कोरोना संक्रमितको कूल संक्रमितको संख्या दुई लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ सय ६५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार २९ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या दुई लाख ४१ हजार ३९२ पुगेको छ ।

हाल क्‍वारेन्टाइनमा ४२७ जना छन् भने ९ हजार ३१७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि