जेठ ०६, २०८१, आइतबार
               

भारत बायोटेकको कोभ्याक्सिन सफल सावित

एजेन्सी
पुस ०२, २०७७

ADVERTISEMENT

भारत बायोटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सुरक्षित सावित भएको छ । पहिलो चरणको क्लिनिकल ट्रायलबाट यस्तो नतिजा आएको हो ।

परीक्षणका क्रममा खोप दिइएका संक्रमितहरुमा कुनै खराब असर नदेखिएको र रोग प्रतिरोधी क्षमताको विकास राम्ररी भएको भेटिएको थियो ।

भारत बायोटेकको खोप कोभ्याक्सिन (बिबिभी १५२) को पहिलो चरणको क्लिनिकल ट्रायल गत सेप्टेम्बर महिनामा समाप्त भएको थियो भने हालै नतिजा सार्वजनिक गरिएको हो ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आइसिएमआर) को सहयोगमा भारत बायोटेकद्वारा विकसित कोरोनाविरुद्धको खोप कोभ्याक्सिन (बिबिभी १५२) को पहिलो चरणको क्लिनिकल ट्रायलमा एक मात्रै गम्भीर केस देखिएको थियो ।

सबै संक्रमितहरुलाई ३० जुलाईमा खोप दिइएको थियो । तर एकजना संक्रमितलाई खोप दिइएको पाँच दिनपछि पनि कोरोना संक्रमण निर्मुल हुन सकेको थिएन ।

यसलाई सामान्य लक्षण भनिए पनि १५ अगस्तमा उनलाई अस्पताल भर्ना गरिएको थियो । २२ अगस्तमा न्युक्लिक एसिडको परिणाम नकारात्मक देखिएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

यो केस कोभ्याक्सिन (बिबिभी १५२) खोपको असरका कारण नभएको पनि पुष्टि भयो । कोभ्याक्सिन (बिबिभी १५२) खोपको पहिलो मात्रा दिंदा केही सहभागीहरुमा सामान्य असर देखिएको थियो ।

तर ति असरहरु औषधिको प्रयोग बिनै छिट्टै आफै समाप्त भए । पहिलो चरणको क्लिनिकल ट्रायलमा छुट्टा छुट्टै ११ वटा अस्पतालका ३७५ जना स्वयं सेवकहरुलाई सहभागी गराइएको थियो ।

कोभ्याक्सिन (बिबिभी १५२) लाई २ देखि ८ डिग्री सेल्सियसबीचको तापक्रममा राखिएको मेडआरएक्स आइभीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि