जेठ ०६, २०८१, आइतबार
               

कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । हाल देशभर १० हजार ९५५ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८४२ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् । साथै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक हजार ७१६ पुगेको मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि