जेठ ०९, २०८१, बुधबार
               

जनशक्तिकाे अभावमा बेवारिसे अवस्थामा २ भेन्टिलेटर

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

जिल्ला अस्पताल उदयपुरमा छ महिनाअघि जडान गरिएको दुईवटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा जडान गरिएको भए पनि यसलाई सञ्चालन गर्ने प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटरको प्रयोग हुन नसकेको हो ।

जिल्ला अस्पतालका प्रमुख डा जीवनारायण मण्डलका अनुसार आकस्मिक कक्षका सास फेर्न गाह्रो हुने र सघन उपचार कक्षमा राख्नुपर्ने बिरामीका लागि पहिलोपटक गत असारमा जिल्ला अस्पतालमा ती भेन्टिलेटर जडान गरिएको हो । “यसलाई सञ्चालन गर्ने जनशक्तिको व्यवस्थापन नहुँदा भेन्टिलेटर प्रयोगविहीन बन्न पुगेका हुन्”, उनले भने । भेन्टिलेटर प्रयोगमा नआउँदा आकस्मिक कक्षका बिरामी बाध्य भएर जिल्ला बाहिर रिफर गर्न परेको डा मण्डल बताउछन् ।

अस्पताल विकास समितिका सदस्य महेश रोकाले भेन्टिलेटर सञ्चालन गर्ने प्राविधिक जनशक्ति उपलब्ध वा व्यवस्थापनका लागि पुनः सङ्घीय र प्रदेश सरकारसँग पटकपटक अनुरोध गरिएको तर अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताए । 


कस्तो लाग्यो ?

यो पनि