असोज ०६, २०८१, आइतबार
               

विरामी बोकेको एम्बुलेन्स दुर्घटना, एकको मृत्यु, चालक फरार

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

काठमाडौं । विराटनगरमा  विरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

सप्तरीको तिलाठीबाट विरामी बोकेर गएको स १ च ११२२ नम्बरको एम्बुलेन्स विराटनगरको कंचनबारी सडक खण्डमा रोकेर राखिएको एमल ०१–एल–०३३६ नम्बरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उक्त घटनामा मृत्यु हुनेमा तिलाठी निवासी ६५ वर्षीय नुनुलाल मण्डल रहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक हरि यादव भने फरार रहेको प्रहरीको भनाइ छ ।

मृतक मण्डल बिरामी भएपछि परिवारले उपचारको लागि लिएर गएका थिए । सोमबार बिहान १ बजे दुर्घटनामा नोबेल अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा  ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते  भएका छन् । 

यो पनि