जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थपिए ११ सयभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
मंसिर ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप एक हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ८६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भक्तपुरमा ७१ जना र ललितपुरमा १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच, आज देशभरमा एक हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि