जेठ ०५, २०८१, शनिबार
               

शुक्रबार थपिए १९ सयभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
मंसिर ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । 

हाल देशभर २४ हजार ६६५ जना सक्रिय संक्रमित रहेका छन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार ३६४ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ९१ हजार दुई पुगेको मन्त्रालयले जनाएको छ ।  

साथै पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक हजार २९८ पुगेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि