जेठ ०५, २०८१, शनिबार
               

वाग्मतीमा कोरोना संक्रमणबाट ६३१ जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट हेटौंडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ ।  

वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार  प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तम सेढाईंका अनुसार कूल संक्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । 

प्रदेशमा कोरोना संक्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उजको भनाइ छ । 

प्रवक्ता डा. सेढाईंका अनुसार मुलुकका कूल कोरोना संक्रमितमध्ये वाग्मती प्रदेशमा ५० प्रतिशत छ । कोरोनाको संक्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ ।  

यसैबीच हेटौँडा उपमहानगरपालिका–५ की ६४ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आज आफ्नै घरमा मृत्यु भएको छ । 

उनलाई गत कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो । शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि