जेठ ०५, २०८१, शनिबार
               

बिहीबार २ हजार १०३ जना संक्रमित थप

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबा देशभरमा थप दुई हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । हाल देशभर २८ हजार १०६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८५८ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ८५ हजार ६३८ पुगेको मन्त्रालयले जनाएको छ ।  साथै पछिल्लो २४ घण्टामा थप १७ जनाकाे मृत्यु भएसँगै मृतककाे संख्या १ हजार २७६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि