बैशाख २४, २०८१, सोमबार
               

मनोज गजुरेल भए डिस्चार्ज

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल कोरोना भाइरसबाट मुक्त भएका छन् ।

११ दिनको अस्पताल बसाइपछि आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको मनोजले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । 

अस्पतालबाट फर्किएर घरमै आराम गरिरहेको उनले बताएका छन् ।

कोभिड-१९ को रिपोर्ट नेगेटिभ आएको बताउँदै उनले केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कने जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि