मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमित १९ वर्षीया युवतीको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

सुनसरी । धरानमा कोरोना संक्रमित १९ वर्षीया युवतीको मृत्यु भएको छ ।

सुनसरी जिल्लाको बराह-५ की १९ वर्षीया युवतीको शनिबार बिहान मृत्यु भएको छ । 

बिहान ४:३० बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उनको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

मृतकमा पहिलेदेखि नै दीर्घ रोग भएको समेत डा. श्रेष्ठले बताए । 

शवको नियमानुसार व्यवस्थापन हुने अस्पतालले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि