बैशाख २८, २०८१, शुक्रबार
               

कोरोना संक्रमित डा. केसीको उपचार खर्च सरकारले व्यहोर्ने

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा. गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

आज (शनिबार) प्रधानमन्त्री अ‍ोलीले सामाजिक सञ्जल ट्विटरमार्फत डा. केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समेत उल्लेख गरेका छन् ।

डा. केसीले समान्य रुघाखोकी र ज्वरो आएपछि विहीबार आफ्नो स्वाब परीक्षण गराएका थिए । 

शुक्रबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । 

उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।  


कस्तो लाग्यो ?

यो पनि