डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब सङ्कलन गरिएको थियो ।
रुघाखोकी र ज्वरो आएपछि बिहीबार कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । शुक्रबार आएको रिपोर्टमा केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
डा. केसीलाई कोरोना सङ्क्रमण देखिएपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्। डा. केसीकाे महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ ।