जेठ ०९, २०८१, बुधबार
               

बिहीबार थपिए १९१३ कोरोना संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।  

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । हाल देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४९ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् ।  योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ६४ हजार ५९२ पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै मृतकको संख्या एक हजार १८९ पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि