जेठ ०५, २०८१, शनिबार
               

कोरोना संक्रमितकाे संख्या २ लाख नाघ्यो

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।  

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । हाल देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् ।  योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ६२ हजार २४३ पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै मृतकको संख्या एक हजार १७४ पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि