जेठ ०५, २०८१, शनिबार
               

आज थपिए २ हजार ७३६ संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।  

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ । हाल देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित रहेका छन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा ८५३ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् ।  योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ६० हजार ५७७ पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै मृतकको संख्या एक हजार १४८ पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि