जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थपिए १४ सय १८ संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४१८ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १२६,  भक्तपुरमा ९१  र ललितपुरमा २०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

आज कोरोना संक्रमणबाट  थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना अनुसार आज ११ हजार १७७  जनाको पिसिआर परिक्षणमा कुल २ हजार ५७१ जनाको रिर्पोट पोजेटिभ आएको छ ।


कस्तो लाग्यो ?

यो पनि