जेठ ०५, २०८१, शनिबार
               

सोमबार थपिए २ हजार ५७१ संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।  

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ । हाल देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७९८ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् ।  योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ५९ हजार ७२४ पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै मृतकको संख्या एक हजार १२६ पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि