जेठ ०५, २०८१, शनिबार
               

गण्डकीमा थप ४ संक्रमितकाे मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । गएको २४ घण्टामा प्रदेशका थप ४ जनाको ज्यान गएको हो ।

पोखरा ९ की ७५ वर्षीया महिलाको आइतबार गण्डकी मेडिकल कलेज, पोखरामा उपचारक्रममा मृत्यु भएको छ । गत कात्तिक १८ मा कोरोना पुष्टि भएकी ती महिलामा निमोनिया समेत देखिएको थियो ।

यसैगरी, पोखरा–८ का ६७ वर्षीय पुरुषको आइतबार गण्डकी मेडिकल कलेज पोखरामा उपचार क्रममा मृत्यु भएको छ । गत कात्तिक १३ मा कोभिड–१९ पुष्टि भएका ती पुरुषमा निमोनिया समेत समस्या थियो ।

पोखरा–१३ का ९२ वर्षीय पुरुषको शनिबार होम आइसोलेसनमै मृत्यु भएको छ । उनमा गत कात्तिक १६ मा संक्रमण पुष्टि भएको थियो । उता, स्याङ्जाको गल्याङ नगरपालिका वडा ७ का ५० वर्षीय पुरुषको आइतबार लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारक्रममा मृत्यु भएको छ । मधुमेह लगायत रोगबाट ग्रसित ती पुरुषलाई कात्तिक १८ मा कोरोना देखिएको हो ।


कस्तो लाग्यो ?

यो पनि