जेठ ०५, २०८१, शनिबार
               

बिहीबारयता ७४ संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा गत बिहीबारदेखि  आजसम्म ७४ कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । आज मात्र  २१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ सय ८ जना पुगेको छ । 

साथै उक्त अवधिमा ११ हजार ५३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गत बिहीवार देखि यता ४५ हजार ९५५ जनाको नमुना परीक्षण भएकोमा ११ हजार ५३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार योसँगै जम्मा संक्रमितकाे संख्या एक लाख ९४ हजार ४५३ जनामा संक्रमण पुष्टि भएको हाे । यसबीच पछिल्लो २४ घण्टामा मात्र नेपालमा दूई हजार ८१७ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म एक लाख ५७ हजार ९२६ जना संक्रमण मुक्त भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि