बैशाख २१, २०८१, शुक्रबार
               

गण्डकीमा थप ५३ जनामा कोरोना संक्रमण, तीनको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

पोखरा । पोखराका २९ जनासहित गण्डकी प्रदेशमा आइतबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका २९ सहित गण्डकी प्रदेशका मुस्ताङका ४, म्याग्दीका ३, स्याङजाका २, लमजुङका १०, गोरखाका १, तनहुँका १ गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगर वडा नं १ का ५ महिला, ३ का १ पुरुष तथा १ महिला, ४ की १ महिला, ५ का १ पुरुष तथा २ महिला, ६ का १ पुरुष, ७ का १ पुरुष, ८ का २ पुरुष तथा २ महिला, १५ का ३ पुरुष तथा ३ महिला, १६ का १ पुरुष, १७ का १ पुरुष तथा २ महिला, १९ का १ पुरुष, २१ का १ पुरुष रहेका छन ।

त्यसै गरी मुस्ताङ पालिका नखुलेका २ पुरुष तथा २ महिला, म्याग्दी बेनी ८ की १ महिला, म्याग्दी पालिका नखुलेका २ पुरुष, स्याङजा पुतलीबजार २ का १ पुरुष, १० का १ पुरुष तथा १ महिला, आँधिखोला वडा नखुलेका २ महिला, लमजुङ पालिका नखुलेका १० पुरुष, गोरखा पालुङटार २ का १ पुरुष, तनहुँ व्यास ७ का १ पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या ९ हजार ७१ पुगेको छ ।

तीनको मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका एक पुरुष र हस्पिटलमा उपचाररत दुई जनासहित पोखरामा थप तीन जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भइ पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा ८ का ६७ वर्षीय पुरुषको आइतबार बिहान १:१६ बजे र पोखरा ९ की ७५ वर्षीया महिलाको आइतबार बिहान ५:१६ बजे उपचारको क्रममा मृत्यु भएको डा. शर्माले बताए ।

त्यसैगरी स्याङजा गल्याङ-७ का ५० वर्षीय पुरुषको आइतबार बिहान ७:४५ बजे लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि