बैशाख २१, २०८१, शुक्रबार
               

अब होम आइसोलेसनमा बस्ने संक्रमितको रेखदेखका लागि घरघरमै स्वास्थ्यकर्मी परिचालन

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

काठमाडाैं । देशमा कोरोना भाइरस ( कोभिड-१९) का संक्रमित बढ्दै गएर संक्रमित होम आइसोलेसनमा बस्न थालेपछि सरकारले अब घर–घरमै स्वाथ्य्यकर्मी परिचालन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले होम आइसोलेसनमा बसेका, क्वारेन्टिनमा वा सामूहिक आइसोलेसनमा बसेका संक्रमितको हेरचाहका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ । महाशाखाका प्रमुख डा प्रकाश बुढाथोकीका अनुसार यसको लागि ६ महिना पहिला जनशक्ति मार्गदर्शन तयार पारेको मन्त्रालयले सो अनुसार स्वास्थ्यकर्मी परिचालन गर्न नसक्ने भएपछि पुन अर्को मापदण्ड तयार पारिएको बताए ।

अहिले तयार पारिएको  मापदण्डमा निजी स्वास्थ्य सस्थाले पनि अनुमति लिएर सेवा दिन पाउने व्यवस्था गरिएको र सेवामा खटिने स्वास्थ्यकर्मीलाई एक जना संक्रमितलाई हेरे बापत २ देखि ३ सयको दरमा दैनिक भत्ता मन्त्रालयले उपलब्ध  गराउने व्यवस्था गरिएको उनले बताए ।

हाल काठमाडौं उपत्यकामा काठमाडौं जिल्लामा ११ हजार ५७० जना भक्तपुरमा १ हजार ७५० र ललितपुरमा १ हजार ८०३ जना संक्रमित होम आइसोलेशनमा रहेको मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख गरिएको छ । यस्तै उपत्यकामा पछिल्लो समय दैनिक  दुई हजारको हाराहारीमा दैनिक नयाँ संक्रमित थपिएका छन् । र यो संक्रमण दर बढ्दै जाने अनुमान र होम आइसोलसनमा बसेका संक्रमितको हेरचाहका लागि स्वास्थ्यकर्मी खटाइने बताए ।

महाशाखाले तयार पारेको मापदण्डले घरमा बसेका ५० संक्रमित बराबर १ स्वास्थ्यकर्मी रहने र आइसोलेसन केन्द्रमा बसेका सोही संख्या बराबर एक मेडिकल अधिकृत र २ जना सुरक्षाकर्मी दिने व्यवस्था गरेको छ । त्यस्तै २५ जना संक्रमितका लागि २ जना नर्स वा पारामेडिक र २ जना सरसफाई कर्मचारी हुनुपर्ने मापदण्डले स्पष्ट व्यवस्था गरेको छ भने सेवा अवधि १२–१२ घण्टाको तोकिएको छ ।

यता  ६ महिना अघि स्वास्थ्य मन्त्रालयले तयार पारेको मार्गदर्शनमा होम आइसोलेसनमा रहेका व्यक्तिहरुसँग सम्पर्क, समन्वय, आवश्यक स्वास्थ्य सल्लाह प्रदान तथा उद्धार गर्नका लागि प्रत्येक वडामा पारामेडिक १, नर्सिङ्ग स्टाफ १, स्वास्थ्य परिचारिका २ र सहयोगी १ जना खटाउने भनिएको थियो ।

यता सामूहिक आइशोलेसनका लागि पारामेडिक ४, नर्सिङ्ग स्टाफ ४, मेडकल अफिसर १ र सहयोगी १ जना हुने व्यवस्था गरेको थियो । बुढाथोकीले हरेक आइसोलेसन केन्द्रमा स्टेथेस्कोप, थर्मोमिटर, वीपी सेट, पल्स अक्सिमिटर, टर्चलाइट र जाँचका लागि चाहिने अक्सिजन सिलिन्डर राख्नुपर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि