बैशाख २२, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थपिए १५ सय १२ संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५1२ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौंमा १ हजार २९०, भक्तपुरमा ७७ र ललितपुरमा १४१ जना नयाँ संक्रमित थपिएका हुन् ।  पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि