बैशाख २२, २०८१, शनिबार
               

शनिबार थपिए साढे २५ सयभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।  

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ ।  हाल देशभर ३३ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।   

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमित कोरोना मुक्त (डिस्चार्ज) भएका छन् ।  योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ५५ हजार ११७ पुगेको मन्त्रालयले जनाएको छ ।  

पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै मृतकको संख्या एक हजार ८७ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि