बैशाख २२, २०८१, शनिबार
               

निर्देशक 'गैडा' निर्मल शर्मामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कलाकार, निर्देशक गैडा उपनामले परिचित निर्मल शर्मालाई  कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि शुक्रबार लिइएको स्वाब संकलन गरिएको परीक्षणको नतिजामा उनमा कोरोना पुष्टि भएको हो । संक्रमित भएको थाहा पाएसँगै उनले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको बताएका छन् । 

शर्माले सामाजिक संजालमा लेखेका छन्, ‘एक दिन सामान्य ज्वरो आएको बाहेक कुनै लक्षण देखा नपरे पनि हिजो गरेको पिसिआर टेष्टमा मेरो रिपोट पोजेटिभ आएको गराउँछु । आजबाट १४ दिन पूर्ण रुपमा घरमै बसी कोरोनामुक्त हुने प्रयास गर्नेछु ।’

यसका अलवा उनले आफूसँग सम्पर्कमा आएका सबैलाई सचेत रहन र लक्षण देखापरे टेष्ट गराएर सुरक्षित रहन अनुरोध पनि सोही सञ्जालमार्फत गरेका छन् । 

 


कस्तो लाग्यो ?

यो पनि