बैशाख २२, २०८१, शनिबार
               

पछिल्लो २४ घण्टामा उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप एक हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै एक हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भक्तपुरमा १२१ जना र ललितपुरमा १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि