बैशाख २१, २०८१, शुक्रबार
               

शुक्रबार थपिए २९ सयभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।  

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ ।  

हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेका छन् ।   

त्यस्तै पछिल्लो २४ घण्टामा चार हजार ५०० जना कोरोना संक्रमित कोरोना मुक्त (डिस्चार्ज) भएका छन् ।  

योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ ।  

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै मृतकको संख्या एक हजार ७० पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि