बैशाख २१, २०८१, शुक्रबार
               

सांसद बडुलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्तिक १६ गते पिसिआर परीक्षण गराउँदा उनमा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

सांसद बडु अहिले होम आइसोलेसनमा बसेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा जानुपूर्व स्वयं र सामूहिक स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट कार्तिक १६ गते पीसीआर परीक्षण गराउँदा कोभिड पोजिटिभ देखिएकोले सम्बन्धित निकायमा जानकारी गराई हाल म होम आइसोलेशनमा छु ।’ 

उनले सम्पूर्ण दैनिक नित्यकर्म यथावत चलिरहेको र आजसम्म स्वास्थ्यमा कुनै समस्या नभएको समेत जानकारी दिएका छन् ।

भर्चुअल माध्यमबाट आवश्यक मिटिङ तथा जनसम्पर्क निरन्तर चलिरहेको उनले बताएका छन् ।

यो पनि