बैशाख २२, २०८१, शनिबार
               

झापामा ५८ संक्रमितको मृत्यु, कहाँ कति छन् संक्रमित ?

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

झापा । कोरोना भाइरसको महामारीबाट झापा जिल्लामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ। 

जनस्वास्थ्य कार्यालय झापाले शुक्रबारसम्म सो संख्यामा ज्यान गएको जनाएको हो । हाल जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ८९३ रहेको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्यांकअनुसार ३० हजार ४४१ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जनामा संक्रमण पुष्टि भएको छ । 

तीमध्ये एक हजार ४४२ जना निको भएर घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए ।

उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र संक्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा छ । दमकमा ५५८ कोडिभ १९ का संक्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् ।

१५ स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ जना संक्रमित रहेको फोकल पर्सन चौलागाईंले बताए ।  


कस्तो लाग्यो ?

यो पनि