बैशाख २२, २०८१, शनिबार
               

कोरोना संक्रमित सुदूरपश्चिमका कानूनमन्त्री शाहलाई  हेलिकप्टरबाट काठमाडौ लगिँदै

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

कैलाली । कोरोना संक्रमित सुदूरपश्चिमका प्रदेशका कानूनमन्त्री प्रकाश शाहलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिने भएको छ । गत कार्तिक गते कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाह बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए ।

नाकबाट रगत बग्न थालेपछि अस्पताल भर्ना भएका मन्त्री शाहलाई शुक्रबार थप उपचारको लागि काठमाडौं लगिने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ ।  नाकबाट रगत बग्न रोकिएपछि अस्पताल बाट बिहीबार साँझ उनलाई डिस्चार्ज गरिएको थियो ।

चिकित्सकको सल्लाहअनुसार थप उपचारको लागि शुक्रबार काठमाडौं लैजाने तयारी भइरहेको मन्त्री शाहका स्वकीय सचिब जंग विकले जानकारी दिए । `चाडैं हेलिकप्टरबाट मन्त्री ज्यूलाई काठमाडौ| पठाउने तयारी भइरहेको छ´ सामाजिक विकास मन्त्री कृष्ण सुबेदीका स्वकीय सचीव लोकेन्द्र धामीले बताए ।


कस्तो लाग्यो ?

यो पनि