बैशाख २७, २०८१, बिहीबार
               

काठमाडौं उपत्यकामा आज कति थपिए कोरोना संक्रमित ?

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप एक हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै एक हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भक्तपुरमा १४७ जना र ललितपुरमा १६० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच गएको २४ घण्टामा देशभर तीन हजार ५१ जनामा कोरोना पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि