बैशाख २७, २०८१, बिहीबार
               

बिहीबार थपिए तीन हजारभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप तीन हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ । 

साथै हाल देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेका छन् ।  

त्यस्तै पछिल्लो २४ घण्टामा ३४ सय ३० जना कोरोना संक्रमित कोरोना मुक्त (डिस्चार्ज) भएका छन् । 

योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ४८ हजार ४०८ पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसँगै मृतकको संख्या एक हजार ५२ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि